एमसीसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालका छन् : एमाले नेता रावल

काठमाडौं, १५ साउन ।  एमाले नेताप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि आशंका व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरे ।

पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छु, रावलले भने, एमसीसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालका छन्, राष्ट्र हितमा छैन । एमसीसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसकिने उपाध्यक्ष रावलको भनाइ थियो । उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ, छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए । उनले सबै सांसदले एमसीसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे । देशको हितलाई सर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नेतर्फ लाग्नुपर्नेमा उनले ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसीसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर गरे । अनुदान हो भने त्यो कुरा स्पष्ट पार्नुपर्छु, उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board