टोकियो ओलम्पिकमा नेपालको यात्रा सकियो


काठमाडौं, १५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान र अमेरिकालाई पछा पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।लगातार दुई दिन शीर्ष स्थानमा रहेको जापानलाई पछि पार्दै चीन पहिलो स्थानमा फर्किएको हो ।

बिहिबारसम्म कुल ११२ स्वर्ण, ११२ रजत र १३२ कास्य पदकको टुंगो लाग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ कास्यका साथ कुल ३१ पटक जितेर शीर्ष स्थानमा उक्लिएको छ ।दोस्रो स्थानमा रहेको घरेलु टोली जापानको समान १५ स्वर्ण, ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ। तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १४ रजत र १० कास्यका साथ ३८ पदक जितेको छ।यस्तै ओलम्पिकको झण्डामुनी खेलिरहेको रसियन टिमले ८ स्वर्ण, ११ रजत र नौ काश्यसहित २८ पदक जितेर पदक तालिकाको चौथो स्थानमा छ।यस्तै ८ स्वर्ण २ रजत र १० कास्यसहित २० पदक जितेको अष्ट्रेलिया पाँचौ स्थानमा छ।

छैठौं स्थानको बेलायतले ५ स्वर्ण, ७ रजत र ६ कास्यसहित कुल १८ पदक जित्दा सातौ स्थानको कोरियाले ४ स्वर्ण, ३ रजत र ५ कास्यसहित १२ पदक जितेको छ।फ्रान्स र जर्मनीले समान ३(३ स्वर्ण पदक जित्दा इटाली, नेदरल्याण्ड, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएशिया र कोशोभोले समान २/२ स्वर्ण जितेका छन्।यस्तै ब्राजिल, स्विट्जरल्याण्ड, रोमानिया, चाइनीज ताइपेइ, चेक गणतन्त्र, न्यूजिल्याण्ड, जर्जिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, इस्टोनिया, आयरल्याण्ड, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लाटभिया, नर्वे, फिलिपिन्स, स्लोभाकिया र थाइल्याण्डले एक एक स्वर्ण जितेका छन्।

दक्षिण एसियाली मुलुक भारतसहित १४ देशले १६ रजत पदक जितेका छन्। थप १३ मुलुकले २१ कास्य पदक मात्र जितेका छन्। यसैवीच
टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् ।

शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भइन् । उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन् । उनले १२।९१ सेकेण्डमा दूरी पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन् ।युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२स्५५ सेकेण्ड हो। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन् । त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन् ।प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् । प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।


महिला १०० मिटरमा राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को सागमा १२।१९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भएपनि पछि म्याराथनमा धेरै कोटा भएको भन्दै उनको सट्टा महिला १०० मिटरमा सरस्वतीलाई ओलम्पिकमा पठाइएको हो ।सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएकोमा सहभागितामै सीमित बन्यो ।यसअघि नै प्रतिस्पर्धा गरिसकेकामध्ये सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राषट्रिय कीर्तिमानमा सुधार गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट भने पहिलो चरणमै १ मिनेट १६ सेकेण्डमै पराजित भइन् । चारै खेलाडी पहिलो चरणबाटै बाहिरिएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board