बिहीबार काठमाडौं उपत्यकामा ८६० जना थपिए कोरोना संक्रमित

काठमाडौं, १४ साउन । बिहीबार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना थपिएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ४४१ रहेको छ । देशभर हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।नेपालमा ३६ लाख ५० हजार ७३३ जनो पहिलो डोज खोप लगाईसकेका छन् भने १५ लाख ४८ हजार ८०३ जनाले दुवै मात्राको खोप लगाईसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति