अफगानिस्तानबारे चिनियाँ चासो सकारात्मक पहल : अमेरिका

काठमाडौं, १४ साउन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबारे चीनले देखाएको चासो सकारात्मक पहल हुन सक्ने बताएका छन् । अफगानिस्तानमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि चीनले पहल गरिरहेको भए उक्त कदम सकारात्मक हुने विदेशमन्त्री ब्लिंकेनको भनाइ छ ।


तालिबान प्रतिनिधिको चीन भ्रमणपछि अमेरिकी विदेशमन्त्रीको प्रतिक्रिया आएको हो । अफगानिस्तानमा शान्ति पुनस्स्थापना र पुनर्निमाणका लागि तालिबानले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको चीनले बताएको छ ।‘अफगानिस्तानमा तालिबानले सैन्य शासन चलाओस् भन्ने कसैले पनि चाहँदैन, कसैले पनि अफगानिस्तानमा इस्लामी अमिरात स्थापना होस् भन्ने चाहँदैन,’ भारत भ्रमणका क्रममा रहेका अमेरिकी विदेशमन्त्री ब्लिंकेनले भने । उनले तालिबान ‘शान्तिपूर्ण रुपमा वार्ताको टेबल’ मा आउनुपर्नेमा जोड दिए ।बुधबार तालिबानको ९ जनाको प्रतिनिधिमण्डल चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीका लागि तियानजिन गएका थिए । मुल्लाह अब्दुल गनी बरादरको नेतृत्वमा तालिबानी प्रतिनिधिमण्डलले चिनियाँ विदेशमन्त्रीसँग भेट गरेको थियो ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार विदेशमन्त्री यीले तालिबान प्रतिनिधिमण्डलसँगको कुराकानीमा ‘चीन विरोधी’ आतंकवादी संगठन ‘इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट’ सँगको सम्बन्ध तोड्नुपर्ने बताएका थिए ।चिनियाँ विदेश मन्त्रालयले तालिबान प्रतिनिधिमण्डलसँग भनेको थियो, ‘पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट एक आतंकवादी समूह हो । यसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि स्वीकार गरेको छ । यस आतंकवादी संगठनविरुद्ध मिलेर लड्नु अन्तर्राष्ट्रिय समुदायको पनि जिम्मेवारी हो । चीनलाई यो आशा छ कि तालिबानले यस आतंकवादी समूहसँगको सम्बन्ध तोड्नेछ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board