लास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प, एउटियन टापु मा बस्नेहरूको लागि चेतावनी जारी

काठमाडौं, १४ साउन । अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ।स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ।राष्ट्रिय मौसम सेवाले सुनामीको चेतावनी दिएको हो। दक्षिण अलास्का प्रायद्वीप र एउटियन टापु मा बस्नेहरूको लागि सो चेतावनी जारी गरिएको हो।राष्ट्रिय मौसम सेवाले धेरै खतरनाक सुनामीका छालहरू आउने सम्भावना रहेको बताएको छ। हवाईमा पनि सुनामीको चेतावनी दिइएको छ।भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेसँगै त्यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा जान थालेको न्यूयोर्क टाइम्सले जनाएको छ।सन् १९९० यता अलास्का क्षेत्रमा ८।२ म्याग्नेच्युडका वा सोभन्दा माथिका १७ भूकम्प मापन भइसकेको युएसजिएसले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति