एकै सातामा ३८ लाख सङ्क्रमित थपिए, ६९ हजारको मृत्यु

काठमाडौं, १४ साउन । विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ । गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन् । जुन एक साता अघिको भन्दा करिब आठ प्रतिशतले वृद्धि भएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड १९ का सङ्क्रमित हुने अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा ३० र २५ प्रतिशतले बृद्धि भएको हो । दैनिक रुपमा पाँच लाख ४० हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

करिब एक साता अघि दैनिक थपिने सङ्क्रमित चार लाख ९० हजार रहेको थियो ।
एक साता अघिको तुलनामा कोभिड १९ बाट हुने मृतकको सङ्ख्यासमेत उच्च दरले वृद्धि भएको छ । जुलाई १९ देखि २५ सम्म कोभिड १९ को सङ्क्रमणले विश्वभरि भएको मृतकको सङ्ख्या ६९ हजार रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यसभन्दा अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमणले हुने मृत्यु २१ प्रतिशतले बृद्धि भएको छ । हालसम्म विश्वभरि १९ करोड ४० लाख ब्यक्ति सङ्क्रमित भएका छन् भने ४० लाखभन्दा बढी ब्यक्तिको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board