पूर्वमाओवादीका चार नेताको रिट कार्कीको इजलासमा

काठमाडौं, १४ साउन । माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको स्थायी समिति सहित केन्द्रीय नेता बनेका चार सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।न्यायाधीस दीपककुमार कार्कीको एकल इजलासमा यी चारै नेताको मुद्दामाथि सुनुवाई हुने भएको छ ।नेकपा माओवादी पार्टी परित्याग गरेर एमाले बनेका पूर्व माओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।आफुहरु कानूनी रुपमा अझै पनि माओवादी केन्द्रको सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । आफुहरुले दल त्याग नगरेको र निर्वाचन आयोगको विवरणमा आफुहरु माओवादी केन्द्रकै केन्द्रीय सदस्य रहेको भन्दै चारै नेताहरुले प्रचण्डको सिफारिसमा सभामुखले गरेको सांसद पद खारेजको निर्णय बदरभागी हुनुपर्ने उनीहरुले जिकिर गरेका छन् ।सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर पूर्ववत पार्टीहरु एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चारै नेताहरु एमालेमा प्रवेश गरेका थिए । तत्कालिन केपी ओली सरकारको मन्त्री रहेका उनीहरुलाई माओवादी केन्द्रले पटकपटक स्पष्टीकरण सोधेपछि दल त्याग गरेको अभियोगमा चैत्र २४ गते पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो । माअ‍ोवादीले उनीहरुको सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्राचार गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा चारै सांसदहरुको सांसदपद नरहेको जानकारी गराएका थिए ।
सर्वोच्चमा आजै लुम्बिनी प्रदेशमा माओवादीले कारवाही गरेका दुई प्रदेश सांसदको समेत मुद्दामाथि सुनुवाइ हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति