जसपामा सरकारमा पठाउने जिम्मा तीन नेतालाई

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा तीन जना नेतालाई दिएको छ।बुधबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागि हुने मन्त्री छिटो छान्न आग्रह गरेपछि दलहरुलाई मन्त्री छान्न दवाब परेको छ।त्यस्तै जसपाको बैठकले नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल समूह)सँग गरेको एकतालाई पनि अनुमोदन गरेको छ। अध्यक्ष शिवलाल थापालाई कार्यकारिणी समिति सदस्यमा थप्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय सदस्यहरुको नामावली अद्यावधिक गर्न ५ सदस्य रहेको कार्यदल बनाउने निर्णय गरेको छ। कार्यदलमा मृगेन्द्रसिंह यादव, रेणु यादव, गंगा श्रेष्ठ, गजाधर यादव र रमेश यादव रहने छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति