सत्ता गठबन्धनको भोलि विहान बस्ने बैठकले मन्त्रालयको भागवण्डा टुंग्याउने

काठमाडौं , १३ साउन । सत्ता गठबन्धनको बैठक बिहीबार बिहान बस्‍ने भएको छ । बालुवाटार स्रोतका अनुसार भोलिको बैठकले मन्त्री र मन्त्रालय भागवण्डा टुंग्याउने विषयमा छलफल हुनेछ । बैठकमा शीर्ष नेताहरूलाई मात्रै बोलाइएको स्रोतले जनाएको छ । अहिलेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् । यी दलमध्य एमालेको नेपाल समूह र राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेका छन् । बुधबार बिहान बसेको गठबन्धनको बैठकले मन्त्री र मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board