पछिल्लो २४ घण्टामा थप २ हजार ६३४ जनामा सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ८८६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेको छ ।यस्तै, चार हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७९१ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति