नेपाल उत्पादन मुखी अर्थतन्त्रको रुपमा अगाडि बढ्नु पर्ने : निजि क्षेत्र


काठमाडौं, १३ साउन । राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार,उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारी मार्फतको औद्योगीकरण आवश्यक भएको उद्योगीले बताउदै आएका छन । अबको यात्रा उत्पादन मुखी अर्थतन्त्रको रहेको हुदा निजि क्षेत्रले सरकारसंग हातेमालो गरि अगाडि बढ्न चाहेको बताउदै आएका छन । अब मुलुकमा उत्पादन बढाउनु पर्ने धारणा निजि क्ष्ँेत्रले राख्दै आएका छन ।

नेपाल उत्पादन मुखी अर्थतन्त्रको रुपमा अगाडि बढ्नु पर्ने धारणा निजि क्ष्ँेत्रको रहेको छ । सरकारले पनि निर्माण गर्ने निति नियममा उत्पादनलाई ध्यान दिने बताउदै आएको छ तर पनि आयातमुखी अर्थतन्त्रले गर्दा मुलुकमा उत्पादनको अवस्था निकै नाजुक रहेको छ । उत्पादनकोे रुपमा रहेका औद्योगीक क्षेत्रहरुलाई सरकारले प्राथमिकता दिनुपर्ने निजि क्षेत्रले बताउदै आएको छ । सरकारले उद्योग धन्दालाई वेवास्ता गरेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको भनाई छ । विगतका वर्ष देखि नै औद्योगीक क्षेत्रमा समस्या रहेका साथै अहिले महामारिले थप समस्यामा परिदिएकाले अझ चुनौतीपुर्ण रहेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाई छ ।

मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले बताउदै आएको छ । साना तथा मझौला उद्योगको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएका छन । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको भन्दै उनले देशभरका साना तथा मझौला उद्योगको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगको विकास गर्न सकिने कार्यबाहक अध्यक्ष सिंहको भनाई छ ।

सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गनुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको भनाई छ । साना उद्योगको विकासको लागि सहुलियत कर्जाको व्यवस्था गर्न सकिने भन्दै उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्ने नै सरकारको प्राथमीकतामा रहनुपर्ने नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लको भनाई छ । मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गनुपर्ने समय आएको नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ले बताएका छन ।

डुईङ विजनेस कष्ट मंहगो रहेको हुदा यसलाई घटाउनु पर्ने चेम्बरको भनाई छ । राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारी मार्फतको औद्योगीकरण आवश्यक भएको उद्योगीले बताउदै आएका छन । साना उद्योगका कार्यथलो वातावरणमैत्री र उत्पादन प्रणालीको दृष्टिले प्रभावकारी हुन नसक्दा यस्ता उद्योग प्रतिस्पर्धी हुन सकेका छैनन । अहिलेको तथ्याङ्कअनुसार देशभरमा झण्डै पाँच लाख उद्योग दर्ता भएका र तीमध्ये दुई लाख ५० हजार नियमित नवीकरण भई सञ्चालमा रहेका छन । सरकारले मुलुकमा भएका उत्पादनका क्षेत्रलाई प्राथमीकता दिन नसक्दा मुलुक आयातमुखी बन्दै गएको छ । मुलुकको अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्त बनाउनको लागी भएका सम्भावनालाई प्राथमीकता दिएर कार्य अगाडि बढाउन आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board