काठमाडौँ, १३ साउन । काठमाडौं । बाजुराको गौमुल गाउँपालिका स्थित बुढीगंगा नदीमा पहिरोले थुनेको छ । अविरल वर्षापछि बुढी गंगा नदीमा पहिरो जाँदा हिजो रातिदेखिनै नदी थुनिएको हो । नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ। वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् ।
‘अहिले नदीमा केहि मात्रामा माटो–लेदो बगेको छ,’ उनले भनिन्, ‘नदी थुनिएर जोखिम बढेपछि तटीय क्षेत्रमा स्थानीयलाई सचेत पारिएको छ।’
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए।, प्रहरी टोली पुग्न ५ घण्टा लाग्छ, त्यसपछि के भएको हो थाहा होला,’ प्रमुख जिल्ला अधिकारी भण्डारी भने ।वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो। ।अजयटोट्की टोल जोखिममा परेपछि १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु लेकमा त्रिपालमा बसेका छन् ।
प्रतिक्रिया