सरकारमा आउँदैनौं – नेपाल समूह

काठमाडौं, १३ साउन। नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board