गठबन्धनको बैठक सकियो : मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौँ, १३ असार । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। बैठकमा मन्त्रिमण्डल बिस्तार छिटो गर्ने विषयमा छलफल भए पनि कहिले बिस्तार गर्ने भन्ने निष्कर्ष निस्किएन।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिटो पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए। ‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन। छिट्टै गर्ने भन्नेछ।’साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत छलफल भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति