लखनउँ–अयोध्या राजमार्गमा बसमा रेल ठोक्किँदा ११ जनाको ज्यान मृत्यु

काठमाडौं, १३ साउन । भारतमा बस र रेल एकआपसमा ठोक्किँदा ११ जनाको ज्यान गएको छ । हिजो राति लखनउँ–अयोध्या राजमार्गमा यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रामसहेनिघाटको पुलमाथि बिग्रेपछि रोकेर राखेको डबल डेकर बसमा लखनउबाट आइरहेको रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् । प्रहरी तथा स्थानीयको सहयोगमा घटनास्थलबाट शव हटाउने तथा घाइतेलाई अस्पताल पुर्याउने काम भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board