टोकियो ओलम्पिकमा आज पौडी खेलाडी गौरिका सिंहले खेल्दै

काठमाडौँ, १३ असार ।  जापानको टोकियोमा जारी ३२औँ ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले खेल्दैछिन् ।गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिकासँगै हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गौरिका १३औँ सागकी स्वर्ण विजेता हुन् । उनी राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति