प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच फोनमा कुराकानी

काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबीच टेलिफोन कुराकानी भएको छ।परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै मंगलबार देउवा र ब्लिन्केनबीच टेलिफोन कुराकानी भएको जनाएको हो। ब्लिन्केन भारत भ्रमणमा छन्। उनीहरूबीच नेपाल र अमेरिकाबीच द्विपक्षीय साझेदारीलगायत विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।यसैगरी, देउवा र ब्लिन्केनबीच अमेरिकाले सहयोग गरेको १५ लाख डोज कोरोनाभाइरसको खोप तथा जलवायु परिवर्तनका विषयमा पनि कुराकानी भएको परराष्ट्रले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति