मध्यपहाडी राजमार्गको सडकखण्डका योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ साउन ।  पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाका तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको भन्दै पाँच जनाविरूद्ध काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।अख्तियारले तत्कालीन योजना प्रमुख विजय चापागाईं, इन्जिनियरद्वय दीपककुमार खड्का, गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद फुयाल र प्रबन्ध निर्देशक रवि सिंहविरूद्ध मुद्दा दायर गरेको हो।राजमार्गको निर्माण कार्यको ठेक्का सम्झौता अनुसार काम नगरेको भन्ने अख्तियारमा उजुरी परेको थियो।सो अनुसार अनुसन्धान हुँदा एउटै कार्यालयबाट सडकखण्डमा दुई वटा ठेक्का जारी गरेको पाइएको थियो। साथै ती दुई वटा ठक्काबाट एउटै प्रकृतिको काम दोहोरो गरेको देखाइ भुक्तानी लिएको पाएपछि भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता रिजालले बताए।उनीहरूले त्यसरी ६८ दाख ९३ हजार ७७८ रूपैयाँ हिनामिना तथा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

अख्तियारले तत्कालीन योजना प्रमुख विजय चापागाईं,इन्जिनियरद्वय दीपककुमार खड्का र गजेन्द्रप्रसाद राउतविरूद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ विगो कायम गरी दफा ८ को उपदफा १ अनुसार कारबाही गर्न माग गरेको छ। प्रबन्ध निर्देशक रवि सिंहलाई सोही बिगो रकम कायम गरी दफा ८को उपदफा ४ अनुसार सजाय माग गरेको छ।तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयालविरूद्ध भने २१ लाख ४९ हजार ८१८ रुपैयाँ बिगो कागम गरी दफा ३ को उपदफा १ को खण्ड ९च० अनुसार कारबाहीको काम गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति