मन्त्रिपरिषद् बैठक सकियो, के–के भए निर्णय ?

काठमाडौँ, १२ साउन । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ ।यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त हुनुभएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ भने वेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति