माधव नेपाललाई एमाले सांसद गंगा चौधरीको प्रश्न : फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?

काठमाडौं, १२ साउन । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् ।समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ’ उनले भने । समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सत्गौवाले बताइन् ।

‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ?त्यहाँ सबैको एउटै हैसियत हैन र ? उनले भनिन् । सांसद सत्गौवाले आगामी दिनमा यस्तो घटना दोहो¥याए थारु समुदायलाई स्वीकार्य नहुने बताइन् ।समितिको बैठकमा सांसद रानाले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना गर्दा एमालेकै नेपाल पक्षका सांसद र अरु दलका सांसद उनीमाथि खनिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति