देउवालाई माधव नेपालको साथ विनै बहुमत पुग्ने

काठकाठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पछि राजनीतिमा नयाँ घटना विकास भएको छ । निर्वाचन आयोगले जसपा विवाद टुंग्याएसँगै प्रधानमन्त्री देउवासँग माधव नेपालविनै बहुमतको अंक पुग्ने भएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको एमालेको माधव नेपाल समूहविनै पनि संसद्मा सरकारको बहुमत पुग्ने भएको छ । निर्वाचन आयोगले जसपा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि एमालेको नेपाल समूहविनै देउवा नेतृत्वको सत्तागठबन्धनको संसद्मा बहुमत पुग्ने भएको हो । प्रधानमन्त्री देउवाका लागि यो ठूलो राजनीतिक नैतिक बल हो । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग अब जसपामै रहने वा नयाँ पार्टी बनाउने दुई विकल्प छन् । महन्थ–राजेन्द्रले यी दुवै विकल्पमध्ये जुन रोजे पनि संसदमा देउवा नेतृत्वको सरकार बहुमतमा रहनेछ । सत्तागठबन्धनका लागि यो निकै अर्थपूर्ण राजनीतिक परिघटना हो । यो अंकगणितको बलमा सरकारले संसद्मा बहुमतबाटै विधेयक पास गर्न सक्छ, अध्यादेशको भर पर्नुपर्दैन ।

प्रधानमन्त्री देउवाले एक सय ६५ मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका थिए । संसद्मा रहेका दुई सय ६६ सांसदमध्ये मतदान प्रक्रियामा दुई सय ४९ सांसद सहभागी थिए भने १७ जना अनुपस्थित रहेका थिए । देउवालाई कांग्रेस, माओवादी, एमाले, जसपा र जनमोर्चाका सांसदले मत दिएका थिए ।

एमालेका २२ सांसदको मत देउवाले पाएका थिए । ओलीसँग सहकार्य गर्दै आएको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि अन्तिम समयमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो । मतदानपूर्व देउवाले ठाकुरलाई पत्र लेखेर मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको ठाकुर पक्षका सांसदको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । विश्वासको मत लिँदा देउवाले एमालेको माधव नेपाल समूहका २२ सांसदको मत पाएका थिए । अब जसपा एक ढिक्का भए देउवाको पक्षमा कांग्रेसका ६१, माओवादीका ४८, जसपाका ३२ तथा जनमोर्चा र स्वतन्त्रका एकरएक गरी १४३ सांसद पुग्छन् ।

महन्थ–राजेन्द्रले संसद् र केन्द्रीय कार्यकारिणीमा ४० प्रतिशत नपुर्‍याई नयाँ पार्टी गठन गरे जसपाले उनीहरूलाई सांसदबाट निलम्बन गर्न सक्छ । यो समूहसँग रहेका १२ सांसद निलम्बनमा परे संसद्मा १३० को अंक बहुमत हुन्छ । जब कि सत्ता गठबन्धनसँग फेरि पनि १३१ सांसद रहन्छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ (१) अनुसार कसैले सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिए, अर्को दलको सदस्यता लिए वा आफैँले वा स्वयं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिन्छ र स्वतः उसको सांसद पदसमेत जान्छ ।
महन्थ–राजेन्द्र जसपामै हुँदा सरकारलाई १४३ सांसदको समर्थन

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board