काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको बताएका छन् । सोमबार जसपा आधिकारिकता विवाद निरुपणका लागि आयोगले सनाखतका लागि महन्थ र उपेन्द्र दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाएको थियो ।
यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना सदस्यहरुले सनाखत गरेपछि नेता महतोले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाएका हुन् । हामी पार्टी फुटाउन लागि आयोगमा गएका हैनौं । आयोगले पार्टी फुटाउँदैमा फुट्दैन, उनले भने,जनताबाट पार्टी निर्माण हुने हो । जनता हाम्रो साथमा छन् । उनले प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने पनि बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको बताए । उनले भने, हाम्रा लागि उनीहरु दुवै प्रतिगमनकारी नै हुन् । केपी ओलीलाई पनि मद्दत गरेका थियौं, देउवालाई पनि ।
ुतत्कालीन समाजवादी पार्टी फुट्ने बेलामा हामीले पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेका थियौं,उनले भने, अहिले प्राविधिक कारणले हाम्रा साथीहरु यताउता हुनु भएको छ तर त्यो धेरै समय रहँदैन । आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।
प्रतिक्रिया