विदेश जाने श्रमिक र विद्यार्थीका लागि थपिए दुई खोप केन्द्र


काठमाडौं, ११ साउन ।  विदेश जाँदा कोरोनाभाइरस विरुद्धको खोप लगाउनका लागि दुई वटा खोप केन्द्र थप गरिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप केन्द्र थपिएका हुन्। वैदेशिक रोजगारीमा जाने श्रमिक र विद्यार्थीलाई खोप लगाउन सहज बनाउन दुई खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अब वैदेशिक रोजगारीमा जाने श्रमिक र विद्यार्थीले पासपोर्ट र भिसा देखाएर खोप लगाउन सक्नेछन्। अहिले विदेश जानेहरूलाई एक डोजले पुग्ने जोन्सन एन्ड जोन्सनको खोप दिने गरिएको छ।

अहिले विभिन्न देशहरूले खाप अनिवार्य गरेकाले विदेश जाने श्रमिक र मजदूरलाई खोप लगाउन थालिएको हो। विदेश जानुअघि आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। यससँगै अन्य नागरिकका लागि सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टरमा पनि खोप केन्द्र थपिएको छ। स्वास्थ्य मन्त्रालयले तोकेको समूहले यो आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने जनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति