चर्चित खेलाडी शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने


काठमाडौं, ११ साउन ।  पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान अलराउन्डर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग(ईपीएल) खेल्ने भएका छन् । चौथो संस्करणको ईपीएलमा उनले काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन् ।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं किंग्सले विदेशी खेलाडीका रुपमा शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी दिएका हो । नेपाली लिग खेल्न आउने विदेशी खेलाडीमध्ये अफ्रिदी सबैभन्दा चर्चित र सफल खेलाडी हुन् ।

अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् १९९६ मा केन्याविरुद्धको खेलबाट अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा १०० रन बनाएका थिए । जुन विश्वक्रिकेटमा लामो समयसम्म रेकर्डका रुपमा रहेको पनि थियो ।

अफ्रिदीले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८०६४ रन बनाएका छन् । त्यस्तै उनले एकदिवसीय क्रिकेटमा ३९५ विकेट लिएका छन् ।ट्वान्टी–२० मा भने उनले १४१६ रन बनाएका छन् भने ९८ विकेट लिएका छन् ।चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board