काठमाडौँ, ११ साउन । जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताएका छन् । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला यादवले सार्वजनिक रुपमा आत्मालोचना गरे ठाकुर पक्षलाई ठाउँ दिइने बताएका हुन् । सोमबार निर्वाचन आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता कसलाई दिने भन्नेबारे निर्णय गर्ने बताइएको छ । अहिले आयोगमा सनाखतको काम भइरहेको पनि यादवले बताएका छन् । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिलेसम्म आफ्नो पक्षमा २४ जनाले हस्ताक्षर गरिसकेको पनि उनले बताए । कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ ।
यादवपक्षमा केन्द्रीय कार्यकारिणी समितिका ३५ जना रहेको दाबी गरिएको छ ।
तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । अमृतादेवी अग्रहरि, राजकिशोर यादव, मनिश सुमन, गोविन्द चौधरी र रेशमलाल चौधरी आज उपेन्द्र यादव पक्षमा आएको दाबी गरिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । १÷२ दिनै सरकारमा जाने पनि यादवले बताए ।यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।
प्रतिक्रिया