एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड


काठमाडौं, ११ साउन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा हानाहान भएको छ । सात वटा बुथमा भएको मतदानमध्ये एन्टर्पेन बुथमा भने मतदानको अन्तिम समयमा झगडा भएको हो । आगामी कार्यकाल २०२१–२३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

मतदान केन्द्रमा रहेका अधिकांश नेपालीहरु युवाहरु सो आक्रमणको प्रतीकारमा उत्रिएका थिए । पत्रकार शर्माका अनुसार सो क्रममा दुई जना नेपाली घाइते भएका छन् । कोषाध्यक्ष पदका उम्मेदवार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष शारदा अर्याललाई चोट लागेको हो। उनीहरुलाई उपाचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइए पनि २–३ घण्टापछि घर फर्किएका थिए।

मतपेटिका सुरक्षित छ, परामर्शपछि निर्णय लिन्छौ – निर्वाचन समिति

एनआरएनए आईसीसीका सह–कोषाध्यक्ष लोकप्रसाद दाहाल संयोजक रहेको निर्वाचन समितिले आईसीसी र उम्मेदवारहरुसँग परामर्शपछि निर्णय लिने जनाएको छ। घटनापछि एक विज्ञप्ति जारी गर्दै मतपत्रहरु एनआरएनए केन्द्रीय प्रतिनिधिहरु, एनआरएनए प्रतिनिधि र उम्मेदवारको रोहवरमा सात वटै केन्द्रको मतपेटिका सुरक्षित रहेको जनाएको छ ।

बुथ कब्जाको सिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्वउपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के।सी, निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाइते बनाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।‘त्यस्तै उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लोकप्रसाद दाहाल र वर्तमान अध्यक्ष चित्र सुवेदीलाई समेत आक्रमण गरी कुटपिट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अकस्मात आन्त्र्वोपेन क्षेत्रमाविदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भुईँमा छरपष्ट पार्दै बुथ कव्जा गरी मत पेटिका कब्जा गर्ने गरिएको निर्वाचन समितिले उल्लेख गरेको छ। ‘मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भुईँमा छिरोली बुथ कब्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतीकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सबै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ,’ निर्वाचन समितिले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति