काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद आज टुङ्गो लगाउने भएको छ ।आयोगले केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरबाट जसपाको विवाद टुंगो लगाउने तयारी गरेको छ ।
गत बिहीबार दुवै पक्षको बहस सुनेपछि आयोगले कार्यकारिणी परिषदका सबै सदस्यलाई बोलाएर सनाखतमार्फत आधिकारिकता टुंगो लगाउने निर्णय गरेको हो । सनाखतका लागि आयोगले केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई आज आयोग बोलाएको छ ।
पार्टी एकता हुँदाका कार्यकारिणी परिषदका सदस्यहरुलाई आज साउन ११ गते नागरिकता वा सक्कल मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
जसपाको कार्यकारिणी परिषद्मा ५१ जना सदस्य छन्। यादव पक्षले आफूसँग उक्त समितिको ३० जना र संघीय संसदका २१ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ।
अध्यक्ष उपेन्द्र यादव पक्षले आफूले आधिकारिकता पाउनु पर्ने दाबीसहित बहुमत कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षर आयोगमा बुझाएको छ ।
यसैबीच जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई हिजोदेखि नै गोदावरीको रिसोर्टमा राखेका छन् । ।
आज निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका सदस्यहरुलाई एकीतृत गरेर राखेका हुन ।
आज बिहान ब्रेकफास्ट लिएर आयोगको कार्यालय खुलेपछि सबै सदस्य सनाखतका लागि आयोग जाने तयारी भएको एक सदस्यले बताए ।
प्रतिक्रिया