काठमाडौं, १० साउन । निर्वाचन आयोगले पार्टीमा चलिरहेको विवादको फैसला सोमबार दिने भएपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले आफू पक्षीय सबै सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई गोदावरी भिलेज रिसोर्टमा राखेको छ।
जसपा यादव पक्षका एक नेताका अनुसार उनीहरुलाई आवासीय प्रशिक्षणका लागि गोदावरी रिसोर्टमा लगेर राखिएको हो। यादव पक्षले गोदावरी रिसोर्टमा ३३ जना कार्यकारिणी सदस्य र २१ जना सांसदलाई राखिएको छ।
उनीहरुलाई जसपा अध्यक्ष यादव र अर्का अध्यक्ष डा। बाबुराम भट्टराईसहितले प्रशिक्षण दिने भनेर त्यहाँ लगिएको हो। निर्वाचन आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गर्ने भएपछि संसदीय दल र कार्यकारिणी समिति सदस्य दुवैतर्फ बहुमत जुटाएको यादव पक्ष आज गोदावरीमा बास बसेको हो।
प्रतिक्रिया