कोरोना खोप पहिलो प्राथमिकता : नवनियुक्त राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, १० साउन । प्रधानमन्त्री देउवाको सचिवालय।तस्बिरस् प्रधानमन्त्री देउवाको सचिवालय। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्ध सबै नेपालीलाई खोप लगाउने भएको बताएका छन्।

सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले खोप व्यवस्थापन नै प्राथमिकतामा रहेको बताए। ‘अहिले खोप व्यवस्थापन गर्नुछ। गरिबलाई स्वास्थ्य सेवा दिनुछ। खोप पहिलो प्राथमिकता हो,’ उनले भने, ‘कोरोनाको तेस्रो लहर आउन नदिन म विज्ञहरूसँग कुराकानी गरेर पूर्वतयारीमा जुट्छु।’ उनले नेपाल ल्याइसकिएका कोरोनाविरूद्धका खोप छिटो लगाउने र बाँकी खोप पनि सरकारले आयात गर्ने बताए। काठमाडौंबाहिर पनि कोरोनाविरूद्ध खोप पठाएर व्यवस्थित तरिकाले लगाउन मन्त्रालयले भूमिका खेल्ने उनको भनाइ थियो।

उनले आफू लामो समयदेखि शिक्षा, स्वास्थ्य र खेलकूदका क्षेत्रमा काम गरेको बताए। ‘स्वास्थ्यको इन्चइन्च समस्या थाहा छ। सरकारी अस्पतालको व्यवस्थापन पक्ष राम्रो बनाउँछु,’ उनले भने।श्रेष्ठलाई आज प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। उनलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ पनि खुवाइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति