राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको फोटो बिगारेर टिकटक बनाउने व्यक्ति पक्राउ

काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरेर, बिगारेर टिकटक बनाउने एक जना पक्राउ परेका छन् ।राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर टिकटकमा पोस्ट गरी चरित्र हत्या गर्ने झापाको मेचीनगर नगरपालिका ६ का सोमप्रसाद घिमिरेलाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति