पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना संक्रमण

काठमाडौं, १० साउन ।  आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति