माधव पक्षको स्थायी कमिटी सदस्यहरूको छलफल, भीम रावल पनि सहभागी

काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक शंखमुलस्थि एक क्याफेमा बसेका छन् ।
एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले नेताहरू बोलाएर छलफल थालेका हुन् ।
बैठकमा भीम रावल पनि सहभागी छन् । यसअघि भएको बैठकमा भने रावल सहभागी थिएनन् । लगत्तै माधव नेपाल टोखास्थित निवासमा गएर रावललाई भेटेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति