के हो ग्लामर:पुरुषले जस्तै हलो जोतेर बराबरी गर्ने महिलाको आंटको बिषयमा किन चर्चा हुंदैन ?


शारदा शर्मा

सपिङमलको चेन्जिङ रुमबाट एकजना युवती निस्किन । अनि साथीहरुसंग भनिन् कस्तो लाग्यो ? ग्ल्यामरत हुनुपर्योनी । अचानक मेरो मुड बदलियो । मनभित्र अनगिन्ती ग्ल्यामरका रुप र रङहरुले मनलाई अलि बढीनै कौतुहल पुर्ण बनाए । सायद त्यसैको खोजमा म न्युरोड देखि मख्खन सम्म अनि बागबजार देखि दर्वारमार्ग सम्म भौंतारिंए । जहां मैले एक बित्ते लुगामा कुनै पुरुष अर्थात लोग्नेमान्छेलाई देखिन । एकबित्ते लुगामा सजिने मात्र आइमाइ अर्थात हामी केटीहरुनै थियौं ।


मैले सोचें आलुबारीमा आलुरोप्न जांदा मेरी हजुरआमाले सारीको फुर्कोले पसिना पुछ्दै भन्नुहुन्थ्यो यो सारी नभएर अरुनै कपडा लगाउन पाएपनि अलि सजिलो हुने थियो । उहांले कस्तो कपडा लगाउन चाहानुहुन्थ्यो थाहा भएन तर सोच थियो ग्लामार । परिवर्तन संगै समय बदलियो नयां नयां कुराको बिकास हुंदैगयो । हजुरआमाले साडी मात्र लगाइराख्नु पर्ने अवस्था रहेन । कुर्ता र पाइन्ट लगाए पनि हुने भयो । तर आखिर के हो ग्लामर मैले धेरै सोचें । अनि ऐना अगाढि उभिएर आफूलाई नियांले । ऐनामा तल देखि माथि सम्म हेर्दा म आंफूमा कुनै ग्लामर देखिन । सायद मेरो सोचमानै ग्ल्यामर छैन । जस्को कारण हुनसक्छ मैले चेन्जिङ रुम बाट निस्किंदै आंफूलाई ग्ल्यामर हुनुपर्यो भन्ने युवतीको ग्ल्यामर लाई राम्रोसंग बुझ्न सकिन । कम्तिमा पनि सजिलो लुगाले शरीर छोप्नुपर्छ भन्ने सोच भएकी मलाई त्यतिखेर आंफैलाई लाज लाग्यो । जतिबेला उनको शरीरमा हुनुपर्ने आवश्यक लुगानै थिएन ।

त्यसैको भेउ पाउन एकैछिन ऐना अगाडि उभिएर ग्ल्यामरको खोजिमा लागें । लगाएको स्वीटर काढ्दै गएपछि टमक्क सेता हात देखिए । तर पनि मैले लगाएको कपडा पूरा एक मिटरको थियो । लाग्यो यो कहां हुनसक्छ ग्ल्यामर रु शरीरका सबै कपढा हटाएर एकटकले आंफुले आफैलाई हेरे के यही हो ग्ल्यामर ? फेरि पनि मलाई ग्ल्यामरको धीत मरेन अव के गर्ने त्यहां भन्दा गर्ने र शरीर बाट लुगा हटाउने नैतिक सामाथ्र्य थिएन ममा । नत हटाउन मिल्ने लुगानै थियो । फेरि सम्झिंए ती युवतीलाई अनि शरीरमा भएको बांकी लुगा पनि हटाएर ऐना हेरे के यही हो ग्ल्यामर रु मैले मलमा देखेको ग्ल्यामर र आफूमा फरकत पाइन तर मलाई अनौठो अनुभूति भयो । यो कस्तो ग्ल्यामर हो रु जहां आफुले आंफैलाई गिज्याएको जस्तो आंफुलाइनै होच्याएको जस्तो ।

आंफुलाइनै नङ्याएको जस्तो । आधुनिकतको नाममा सोच्ने क्षमताको अन्तरदोन्द्ध मात्र भेटे । यो सोचको कुरा रहेछ । बुझइको रहेछ अनि बिचारको रहेछ ।

समाज परिवर्तन संगै मान्छेमा आउने सोच बिकास र बिकृतिको एउटा संयोग रहेछ । सायद यही संयोगका दुइ पाटा बनेका रहेछौं हामी । हरेक बिषय बस्तुलाई फरक फरक नजरले हेर्न सक्ने अनि त्यसको गुंण र दोषको आधारमा छनोट गर्न सक्ने क्षमता हुन सक्नु पर्छ मान्छेमा । तर के ममा त्यो क्षमता नभएको हो आफूले आंफैलाई प्रश्न गर्दै जांदा मैले सोचें दुनियामा ग्ल्यामर महिलाहरु मात्र हुनसक्छनरु किन केटाहरु ग्ल्यामर हुन सक्दैनन ? केटा र केटीमा ग्ल्यामर नाप्ने मापदण्डमा किन यति धेरै भिन्नता


भर्खरै बजारमा यौटी हिरोनीले गर्भाबस्थामा नागों पेट देखाउंदा समाजमा दुइथरी बहस भएका छन्। कतिपय परिवर्तनका बाहक हुं भन्नेहरुले उनको नागों पेटलाई आंट र हिम्मतको संज्ञा दिए भने कतिले अश्लिलता पनि भने । यैटी महिलाले गर्भअवस्थामा खुसी मनाउन पाउनु उसको अधिकारको कुरा हो । पेटमा बच्चा बोकेकी आमाले हरतरले खुसी मनाउन सक्छिन । रमाउन सक्छिन । आफ्नो पेटको शिसुलाई सुम्सुमाउंदै उनले नाच्न पाउंछिन ।कपडाले पेट ढाकेर पनि।इच्छा भन्दैमा भोली नागों पेट देखाउनेले गर्भ बनाउदा प्रजनन अंग कस्तो हुन्छ भनेर देखाउन किन नपाउने?भन्न थाले र यसरीनै प्रदर्शन हुन थाल्यो भने यसले हाम्रो समाज कता जान्छ? ठुलो पेट कपडाले ढाकेर पनि रमाउन सकिन्छ। के महिलाहरुको आंटको मापन नागों हुनु होर? पुरुषहरु पुरा कपडामा उत्सव मनाउन सक्छन ग्लामर देखिन सक्छन हामी महिला ग्लामर देखिन नागिंनुनै पर्ने?बिभेद त यहांनेर होनी किन हामीले बुझेका छैनौ।त्यसैले कतिपय समाजका नियम र अनुशासन पालना गर्नै पर्ने हुन्छ।यसरीनै स्वईच्छाको प्रयोग गर्नेहो भनेत भोली मलाई कपडै नलगाइ हिंड्ने रहर जाग्ला।अधिकारको नाममा नाक मुख देखाउन हुने प्रजनन अंग देखाउन नहुने भनेर मैले मेरो अंगमाथि मेरो अधिकार भनें भने राम्रो होला?

मलाई अचम्म लाग्यो यहां पुरुषले जस्तै हलो जोतेर बराबरी गर्ने महिलाको आंटको बिषयमा किन चर्चा हुंदैन ? किनभने महिलाहरुलाई आफैमा उक्साएर लडाएर दबिएको हेपिएको भनेर उनिहरु माथि ज्याजती गरिन्छ । महिलाहरुको सुन्तरताको चर्चा गर्र्नेले महिलाहरुको नागों पेट देखेर हिम्मतको कुरा गर्नेले एकपटक मात्र एकपटक खेतका आलिखनेर बाली लगाउने महिलाको चर्चा किान गर्दैनन ? रुखको टुप्पोमा पुगेर ज्यानको बाजी लगाएर स्याउला काट्ने महिलाको हिम्मतको बिषयमा चर्चा किन गर्दैनन । यी त दुरदराजका कुरा भए शहरमा प्रतिस्प्रधात्मक रुपमा अगाडि आएर अनेक सफलता प्राप्त गर्ने महिलाको बिषयमा चर्चा किन गर्दैनन ? यी सामान्य कुरा लाग्छन् । तर जव यौटी महिलाले नौ महिनाको गर्भबोकेको नागों कपडा बिहिन पेट पर्दर्शन गर्छे उसको आंटलाई सलोट गरिन्छ । के यही हो महिलाको पक्षमा बोलिएको सांचो आवाज?हामी यसमा ताली बजाउंछौं परिवर्तन देख्छौं वाही वाही गाउंछौ । हामीलाई नागों बनाएर हिम्मतको पगरी गुथाइदिंदा हामी आफुलाई महान सम्झिन्छौं । कपडा विहिन पेट देखाउनु राम्रो हैन भन्नेलाई पुरातन बादी रुढीबादी भन्छौं । खुसीको लागि नागिंनु पर्दैन भन्नेहरुलाई परिवर्तनको बिरोधी देख्छौं। के यही हो परिवर्तन ?यही हो हामीले प्राप्त गर्न चाहेको स्वतन्त्रता ? स्वतन्त्रताको नाममा बढ्दैगएको स्वच्छन्दता राम्रो हो ?

पेट देखाएको र रमाइलो गरेकोमा कुनै टिप्पणी हैन तर नागों पेटको प्रदर्शन कुनै पनि कोंणबाट राम्रो लागेन।चाहे जोसुकैले गरुन।महिला पुरुषको कुरा हैन मान्छेको कुरा हो।सजिव प्राणिहरुमा अरु भन्दा फरक भएरनै मान्छे मान्छे हो। जनावर हरुभन्दा मान्छे फरक छ ,अनुशासित छ नियम र परिधि भित्र रहेर सभ्यताको निर्माण गर्ने मान्छेलेनै हो तर यसरी नागों पनमा आंट र अधिकार देख्न थाल्ने हो भने जनावरत आज पनि नागैं छनी त्यहां कुनै अचम्म छर ? त्यसैले स्टेजमा महिलाका नितम्ब हेरेर सुन्दरताको ब्याख्या गर्ने समाजमा नागों पेटको प्रदर्शनले अधिकार प्राप्त भयो भन्ने र आंट प्राप्त भयो भन्ने कुरा गलत लाग्यो यस्ता गलत ब्याख्या गरेर लाजलाई सडकमा प्रदर्शन गर्न थालियो भने समाज कता जान्छ?सवाल महिला पुरुष दुबैको हो ।महिलाको नागोंपनमा आंटको परिभाषा गर्ने गलत मानसिकताको हो।आंटको मापन गरिरहंदा आफै विवेक प्रयोग गरेर के सहि के गलत भन्न सक्ने कहिले ? मन अमिलो बन्यो ।, स्वतन्त्रताको नाममा अधिकारको नाममा के यस्ता ब्याख्या हरु सही छन? हो अहिलेसम्म पनि महिलाहरु प्रति सोचाइ राम्रो छैन । महिला भए पछि लजाउनु पर्छ चाहेर खुसी हुन र दुखी हुन नपाउने अवस्था छ यो समाजको हैन हामीजस्तै मान्छेको कारणले हो समाज शब्दलाई दोष दिएर आफैले निर्माण गरेको समाजमा आफु एकइन्च बदलिन नसक्नेले अनेक लहडमा महिलाहरुलाई लाल्छना लगाउने होच्याउने अनि उक्साउने गरिरहेका छन ।

पुरा शरीर ढाकेर पनि केटाहरु ग्ल्यामर देखिन सक्ने ।तर किन हामी ग्ल्यामर देखिन शरीरको लुगा फुकाल्नु पर्ने रु आधा लगाउनु पर्ने रु यो कस्तो निएम हो रु कस्तो संस्कार हो रु कस्तो परिभाषा हो रु हामी महिलाहरुको लागि मात्र ? फेरि कुरा आयो मुक्ति अनि स्वतन्त्रताको । सायद हाम्रो सोचमा ग्ल्यामर छैन त्यसैको कारण हुन सक्छ ग्ल्यामर शब्दलाई हामीले बुझ्न सकेनौं ।

ग्ल्यामरको परिभाषा र ब्याख्यामा समेत यतिधेरै कुंजिएका हामी महिलाहरु स्वतन्त्रताको कस्तो प्रहसन गर्दैछौं । समाज परिवर्तनशिल छ । परिवर्तन संगै समाजका हरेक परिबेश र परिघटनाहरु बद्लिनु पर्छ र बद्लिंदै गएका पनि छन् । समाज विकास संगै सोच र मान्यताहरुमा परिवर्तन हुन जरुरी छ । मुक्ति र स्वतन्त्रताको रङ्गीन सपना बोकेर सकाज बदल्न चाहने हामी । विकास र आधुनिकता संगै परिवर्तन भएर आफ्नो अधिकार स्थापित गर्न चाहाने हामी । तर यो कस्तो बदलाव हो रु यो कस्तो विकास हो ? अनि यो कस्तो आधुनिकता हो रु जुन बदलाव र विकासले समाजका दुई पक्षमानै यति ठूलो अन्तर ल्याइदिने । जुन आधुनिकताले हामीलाई पुरा नाङ्गो बनाइदिने । कतै मेरो सोचको अन्यौलतात होइन ? मेरो नजरको दोषत होइन ?अनि बदलिन नसकेको मेरो मानसिकतात होइन ? म निकैं अलमलिंए अनि ऐना अगाडि आफ्नो असन्तुलित ग्ल्यामर देखेर लाजले पानी पानी भएं ।


मैले सम्झें छाउपडी प्रथाको बिरोधमा संङघर्ष गरेर गोठबाट घरमा बसेकी उजेलीलाई । उसको सोचमा आएको बिकास र र बदलाब कति महान छ । समाजको पीडा सहन नसकेर बिरुद्धमा उठेकी बिधवा मैनालाई । जसले एकल महिलाहरुमा तहल्का नै मच्याई । रक्सी निषेधित क्षत्र घोषणा गर्नसक्ने साहसी आमा समूहलाई जहां परिवर्तनले यति धेरै उर्जा दियो । हर्केकाकाले गांउमा उन्नत तर्कारी खेती गरे । बुहारीलाई सहनै नसक्ने डल्ली काकीले छोरी जस्तै बुहारीलाई मायां गर्न थालिन् । छोरी बुहारीले पढेभने बिग्रन्छन भन्ने हमाल काकाले छेरीलाई पढाएर डाक्टर बनाए । ग्ल्यामरको ग नबुझेकी मैले उनीहरुमा ग्ल्यामर देखें । आधुनिकता देखें परिवर्तन देखें ।

खै किन हो सपिङ मलको अगाडि देखेको ग्ल्यामर ले मेरो आंखा रसाए । कति भयानक असमानताको विवस लडाइं लडिरहेका छौं हामी । यही समाजका दुई समान भूमिका भएका मान्छे । जहां एक जनाको अस्तित्व हुंदैन त्यहां परिवार र समाजको अस्तित्वनै समाप्त हुंदै जान्छ । तर त्यहां बन्ने र बनाइने संरचना अनि खडा गरिने परिबेश कति भिन्न छ ।

हामी महिलाहरुको लागि । आखिर यो कसले बनायो रु कसले निर्माण गर्यो रु धेरै प्रश्नहरुले दिमाख नाच्दै गर्दा सझिंए हामी महिलाहरु जस्लाई परिवर्तनको निकै भोक छ त्यही भोकको अग्नि ज्वाला मेटाउन हामी आ आफ्नो ब्याख्यामा ग्ल्यामर खोजिरहेको छौं । त्यहि भोक मेटाउन हामी नाङ्गिइरहेका छौं तर के वास्तवमै यही होत ग्ल्यामर ? सायद यही हो भने दुनियांमा पुरुष ग्ल्याामरहरु नभएकै हुनत रु एउटा पुरुष शरीर ढाकेर पनि ग्ल्यामर देखिन सक्छ भने हामी महिलाहरु किन सकिंदैन रु आफ्नै प्रश्नले म पसिना पसिना भएं । परिवर्तनको यो कहाली लाग्दो रुपले हामीलाई कहां पुर्याउला ? एकपटक छातीमा हात राखेर परिवर्तन र आधुनिकताको भुमध्य रेखामा आंफुलाई उभ्याउन खोजें । यो परिवर्तन होइन परिवर्तनको नाममा हामी माथि गरिएको अपमान र शोषण हो ।

यो आधुनिकरण होइन आधुनिकताको नाममा हामी माथि भएको ब्यभिचार हो । तर यसको अन्त कसरी ? अनुभूतिको एउटा लामो फेहरिस्त केलाउंदै जांदा सायद ग्ल्यामर नबुझेकी मैले ग्ल्यामरको यो सीमाङ्कनमा अनि भरिभाषमा कुनै भेउ पाउनै सकिनं । ग्ल्यामरको यो परिभाषाले हामी महिलाहरुलाई कहां पुर्याउला अनि कस्तो स्वतन्त्रता प्रदान गर्ला ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board