भारतमा थप ४० हजार संक्रमित, ५४२ संक्रमितको मृत्यु

काठमाडौं, १० साउन । भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार २८४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ७१ हजार ४८६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १५ हजार ४११ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५४२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५८५ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board