न्यायाधीश आचार्यको ‘सम्झनाको आँखीझ्यालबाट’ पुस्तक सार्वजनिक

काठमाडौं, ९ साउन । उच्च अदालत जनकपुर राजविराज इजलाशका मुख्य न्यायाधीश एवं लेखक डिल्लीराज आचार्यको एघारौं पुस्तक ‘सम्झनाको आँखीझ्यालबाट’ सार्वजनिक गरिएको छ । शनिवार घोराहीमा कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो । लेखक आचार्यले कुनै औपचारिक कार्यक्रमविना सहभागीलाई वितरण गरेर नयाँपनका साथ पुस्तक सार्वजनिक गरेका हुन ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवं लेखक सुशील गौतमले पुस्तक समीक्षा गरेका थिए । कार्यक्रममा बरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मा, बरिष्ठ समालोचक डा. अमर गिरी, बरिष्ठ साहित्यकार गिरिराज शर्मा, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यलगायतले शुभकामना दिएका थिए ।

लेखक आचार्यले निवृत्त भएपछि नियमित स्तम्भ लेखनमा जोडिने प्रतिबद्धता व्यक्त गर्दै हरेक बर्ष एउटा पुस्तक प्रकाशन गर्ने वाचा पनि गरेका छन्। सार्वजनिक गरिएको पुस्तकमा २५ वटा रचना रहेका छन् । पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी आफ्ना गुरुहरु नारायणप्रसाद शर्मा र गिरिराज शर्मालाई न्यायाधीश आचार्यले गुरु पूर्णिमाको अवसरमा सम्मान गरेका थिए भने गुरुहरुले पनि उनलाई जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board