माधव नेपाल सहित बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं, ९ साउन ।   प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ।बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन्।बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देउवा प्रधानमन्त्री भएपछि माधव नेपाल पहिलोपटक आज गठबन्धन बैठकमा सहभागी भएका हुन्।यसअघि भएका गठबन्धनको बैठकमा नेपाल उपस्थित थिएनन्। उनले प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाएका थिए। सर्वोच्च अदालतले फैसला गरेपछि आफू गठबन्धनमा नरहने उनले बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति