काठमाडौं, ९ साउन । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २४ जना नेपाली युवाको शव नेपाल ल्याइएको छ ।वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट २४ शव र तीनवटा अस्तु नेपाल ल्याइएको हो ।रोजगारीको सिलसिलामा मलेसिया पुगेका ती युवाको विभिन्न समयमा मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत ल्याइएका ती शवलाई आफन्तको जिम्मा लगाइएको छ ।वैदेशिक रोजगारमा जाने युवाको शव दिनहुँ नेपाल ल्याइने गरको छ । तर, लामो समयपछि एक्कैपटक यति धेरै शव ल्याइएको हो । मलेसिया नेपाली युवाको मुख्य रोजाइको श्रम गन्तव्य हो । यता नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दु:ख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताएका छन् । क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादयाक हुने गरेका छन् ।


जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो सङ्ख्या सरकारको लागि तथ्याँकमा मात्रै सीमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गरेका छन् । यस्तै उनले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया