काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेटेपछि नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द रामबहादुर थापालाई भेट्न पुगेका छन् ।
बादलको निवास नै पुगेर उनले बादलसँग भेट गरेका हुन् । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।
प्रतिक्रिया