कांग्रेसको वडा अधिवेशन स्थगित, विवाद टुंगिएपछि अर्को मिति तय हुने

काठमाडौँ, ९ साउन । कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा साउन १२ गते सुरु हुने भनेर निर्धारित गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने सल्लाह परामर्श भएको छ । वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गतेदेखि हुने महाधिवेशन पनि स्थगन भन्ने होइन । महाधिवेशन र अन्य तहका अधिवेशन कायमै छन्,प्रवक्ता शर्माले भने ।

वडा तहको अधिवेशन स्थगित गर्नुको कारण भने जिल्लाहरूमा कोरोना संक्रमण बढ्नु रहेको प्रवक्ता शर्माको भनाइ थियो । जिल्ला(जिल्लाबाट कोरोनाको संक्रमण बढिरहेको र कतिपय ठाउँहरूमा समस्या रहेको भनेर पार्टी केन्द्रीय कार्यालयमा गुनासो आइरहेको उनले जानकारी दिए ।वडा अधिवेशनको अर्को मिति भने क्रियाशील सदस्यता छानबिनको विवाद समाधान भएपछि तय हुने शर्माको भनाइ थियो । ुसाउन १२ गते मंगलबार बिहान ९ गते क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्ने भएको छ । प्रतिवेदन लिइसकेपछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित गर्छौं, उनले भने ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांस ठाउँमा सर्वसम्मतिले क्रियाशील सदस्यता चयन गरिएको बैठकमा जानकारी दिएको शर्माले बताए । केही जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद कायमै रहेको र त्यो विवादबारे १२ गतेभित्र टुंगोमा पुग्ने तयारी रहेको उनले जानकारी दिए । सदस्यता छानबिन समितिले प्रतिवेदन दिएपछि केन्द्रीय समितिले टुंगो लगाउने र प्रभावित हुने अधिवेशनका मितिबारे निर्णय लिइने उनले बताए । कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय भएको छ । वडा अधिवेशन आउन ३ दिन पहिला स्थगित गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board