टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४।५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२।२, दोस्रोमा १०५।४, तेस्रोमा १०१।०, चौंथोमा १०४।१, पाँचौमा १०३।४ र छैटौं १००.७ अंक जोडिन् ।

तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।

छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।

कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।

त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी कल्पनाले ओलम्पिकको छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् ।

अब चार खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board