सुजिता मृत्यु : दाई नातापर्नेसंग प्रेम परेपछि यस्तो योजना बनाइन्, घटनाको दिन के भयो

काठमाडौ । चितवनकी सुजिता भण्डारी मृत्यु घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति सुजिताकै दाई नाता पर्ने हुन् । प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी ति ब्यक्तिलाई सार्वजनिक गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका–६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर चितवन लगिएको थियो ।

प्रहरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्। नाताले दाई पर्छन । उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको प्रहरी अनुसन्धानवाट खुलेको छ । सुजिताले असार ९ गते सुकदेवलाई फोन गरेको देखिएको छ । उनले विवाह गर्ने प्रस्ताव राख्दा सुकदेवले इन्कार गरेपछि घटना भएको प्रहरी अनुसन्धानवाट देखिएको छ । नेपालमा संगै बस्न नैतिक र सामाजिक रुपमा अप्ठेरो पर्ने भएकाले विवाह गरेर विदेश जाने योजना समेत उनीहरुले बनाएको अनुसन्धानवाट देखिएको छ ।

त्यसका लागि काठमाडौमा संगै बसेर उनीहरुले विदेश जाने योजना बनाएका थिए । सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अपहरण को बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले जानकारी दिएका छन् । गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा विवाद भएको थियो। सुजिताले ‘विवाह नगर्ने भए म मर्छु’ भनेको प्रहरी नायब उपरीक्षक रानाले बताए। त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन। असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा शव फेला परेको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board