कोरोना खोप लगाएको एक वृद्धको मृत्यु

काठमाडौं, ८ साउन । धादिङमा जिल्लामा कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक ब्यक्तिको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै सवा २ घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

मृतक ब्यक्तिले ‘सुनौलो बजार स्वास्थ्य केन्द्रमा उहाँले आज विहान साढे ११ बजे तिर खोप लगाएको र आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर जानु भएको रहेछ । तर त्यसको झण्डै एकघण्टा पछि उहाँ बेहोस जस्तो हुनुभएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएका रहेछन् ।’ डा.पौडेलले भने । स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले जानकारी दिए । डाक्टरका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जे एण्ड जे खोप लगाउन उनले अरु खोप लगाएका थिएनन् । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा. पौडेल बताए । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board