शनिवार देखि मध्यम र लामो दूरीको यातायात संचालनमा : लाग्यो यस्तो नयाँ नियम


काठमाडौ । शनिवार देखि मध्यम तथा लामो दुरीको सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । गृहमन्त्रालयले लामो दुरीको यातायात संचालनमा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पठाएको छ । मन्त्रीपरिषदकै निर्णयमा यस्तो निर्देशन दिइएको हो । तर यात्रुले केही नियम भने पालना गर्नुपर्नेछ । यात्रुले पहिले नै टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ । साथै स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्नेछ ।

विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षा कार्यक्रम सञ्चालन भएसँगै मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरेको छ । गृहमन्त्रालयको निर्देशन अनुसार सिडियो कार्यालयले यस्तो सूचना जारी गरेपछि संक्रमण दर बढ्दै गएका कारण उनीहरु अलमलमा परेका छन् ।

साउन १० सम्म निषेधाज्ञा लम्ब्याइएपनि लोकसेवा र विश्वविद्यालयका परीक्षाको विभिन्न समय, मिति सार्वजनिक भएकाले आवागमनलाई मध्यनजर गर्दै मध्यम तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले सूचनामार्फत भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board