पछिल्लो २४ घण्टामा थप २,९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु


काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना निको भएका छन् ।शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board