विप्लव र कमल थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । भेटमा थापाले विप्लव नेतृत्वकोसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको बताए । भेटमा नेकपाकातर्फबाट विप्लवसहित प्रवक्ता प्रकाण्ड र हेमन्त प्रकाश ओली तथा राप्रपाकातर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुबबहादुर प्रधान सहभागी थिए । विप्लव केही दिनदेखि लगातार रुपमा सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति