कांग्रेस पदाधिकारी बैठक बूढानिलकण्ठमा सुरू

काठमाडौँ, ८ साउन ।   बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरू भएको छ।शुक्रबार बिहान १० बजेपछि बैठक बसेको हो। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बसेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरू भएको बताए। उनकाअनुसार आज महाधिवेशन केन्द्रित बैठक गरिएको छ।बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।
पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ। साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन। आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ।प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानिलकण्ठमा बैठक राखिएको हो। देउवा प्रधानमन्त्री भएपछि दुई दिन पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति