सुजिता मृत्यु प्रकरण : परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दियो

चितवन । चितवनकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा उनको परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ।

गत असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको हो।

आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी हुन् । उनले यसअघि कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्।

असार ११ गतेदेखि हराएकी सुजिताको शव असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा भेटिएको थियो। काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट हत्या भएको देखिएन । भिसेरा परीक्षणको रिपोर्ट भने आउन बाँकी नै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति