जसपाको साविककै ५१ सदस्यीय कार्यकारिणी समितिलाई नै मान्यता, ११ गते आयोगले हेड काउन्ट गर्ने

काठमाडौं । निर्वाचन आयोगले सजनता समाजवादी पार्टी (जसपा) को एकता हुंदाकै बखतको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिने निर्णय गरेको छ । जसपाभित्र महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका बीचमा पार्टी आधिकारिकताका लागि भएको विवादमा निर्वाचन आयोगले विहीबार सुनुवाई गर्दै पार्टी एकता गर्ने बेलाको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले अब पार्टी आधिकारिकताका लागि साउन ११ गते ११ बजे हेड काउन्ट गरेर सनाखत गर्ने निर्णय सुनाएको छ । सनाखत गर्दा जसको पक्षमा बहुमत पुग्छ उसही पक्षले पार्टी आधिकारिकता पाउने छ ।
विवादित जसपाभित्र उपेन्द्र यादव पक्षमा ३१ जना र ठाकुरको पक्षमा २० जना सदस्य रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति