जापानी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं, ७ साउन ।  नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत युताकाले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा उनले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए। राजदूत युताकासँगको भेटमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई अझै मजबुद् बनाउनेबारे कुरा गरेका थिए। साथै जापानमा बनेको अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए। जापानले दिन लागेको उक्त खोप केही दिनमै नेपालमा आउनेछ।भेटका क्रममा राजदूत युताकाले भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति