आर्थिक पुनरुत्थानका लागि राहत प्याकेजको भ्याक्सिन पनि जरुरी


काठमाडौं, ७ साउन । कोरोना महामारीले सिथिल पारेको अर्थतन्त्र जोगाउन अहिलेको मुख्य आवश्यकता रहेको भन्दै निजि क्षेत्रका विभिन्न निकाय सरकारलाई सुझाव दिदै आएका छन । यता, सरकारले महामारीका कारण सुस्ताएको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउनका लागि राहत तथा सहुलियत प्याकेज ल्याउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि सरकारले छिट्टै राहत प्याकेज ल्याउने बताएका छन । लामो समयको बन्दाबन्दीको प्रभाव प्रत्यक्ष देखिन थालेपछि केहि खुकुलो बनाई उद्योग व्यवसाय चलायमान बनाएपनि अर्थतन्त्र चलायमानको लागि प्रतिफल राम्रो आउन सकेको छैन । महामारीको कारण उद्योग व्यवसायमा परेको प्रभावलाई न्यूनिकरण गर्न निजि क्षेत्रले सरकार समक्ष्ँ उचित राहतको प्याकेजको व्यवस्था गर्न सुझाव राख्दै आएका छन ।

उद्योगी विनोद चौधरीले सरकारलाई दोस्रो चरणको महामारीले गरेको क्षतिको अध्ययन गरि कार्य अघि बढाउन सुझाव दिएका छन । नेपाललाई विश्वका मुलुकले गन्तव्यको रुपमा ल्याउन सक्ने व्यवस्था गर्नुपर्ने उद्योगी चौधरीको भनाई छ । अब सरकारले नया“ तरिकाले नेपाललाई विश्व सामु चिनाउन आवश्यक रहेको चौधरीले बताएका छन । स्वदेशमा स्वरोजगार बनाउनको लागी सरकारले रोजगारीका अवसरलाई प्राथामिकतामा राख्नु पर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अर्गवालले बताएका छन । साथै उनले मुलुकको अर्थतन्त्रमा अहम् भुमीका खेल्दै आएको निजि क्षेत्र अझै पनि खोप बाट बञ्चीत रहेको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपाल सरकारले स्वरोजगारको अभियानलाई व्यवस्थित रुपमा लैजान सरकारलाई सुझाव दिएका छन ।

कोरोनाको भ्याक्सिनले मात्र मुलुक उठ्न नसक्ने बताएका अर्थमन्त्री जर्नादन शर्माले अर्थतन्त्र उकास्न राहत प्याकेजकोे भ्याक्सिन पनि जरुरी रहेको भन्दै यसका लागि सबै पक्षबाट सुझाव लिने काम भईरहेको बताएका छन । दिनहु चुलि“दै गएको व्यापार घाटा नियन्त्रणका लागि औद्योगीकरणलाई स्थानीयस्तरदेखि नै प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने आवश्यक्ता औंल्याएका मन्त्री शर्माले सबै पक्षले हातेमालो गरेर यसलाई सार्थक बनाउनु पर्ने बताएका छन ।

स्थानीयस्तरमा साना साना उद्योगको संख्या बढाएर त्यसको सहयोगमा ठुला उद्योगको विकासमा लाग्नु पर्ने बताएका छन । सरकारले यो अवधारणालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका मन्त्री शर्माले आयातमूखी अर्थतन्त्रलाई निर्यातमूखीमा बदल्नका आवश्यक रहेको छ । कोरोना महामारीका कारण आर्थिक रुपमा चुनौतीपुर्ण घडीमा पुगिए पनि सम्भावनाहरु उत्तिकै रहेको छ । उपभोगमूखी अर्थतन्त्रलाई उत्पादनमूखी अर्थतन्त्रमा बदल्ुनु पर्ने आवश्यक्ता छ । यसका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा उत्पादनमा आधारित अर्थतन्त्रको विकासमा जोड दिन जरुरी देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board